site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कर्मचारीप्रति ऊर्जामन्त्रीको आक्रोश– तपाईंहरूको काम चाहिँ के हो ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कर्मचारीको कार्यशैलीप्रति आक्रोश पोखेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री खड्काले कर्मचारीमा कामप्रति समर्पण नदेखिएको बताए ।

"सुधार गर्ने ठाउँमा तपाईंहरू हुनुहुन्छ । तपाईंको जिम्मेवारीप्रति प्रश्न गरिराख्नुपर्ने कत्तिको मजाकको कुरा होला ? आफैँले आफैँलाई बेलुका यसो सुतेर मेरो मातहतमा के भयो भनेर सम्झिनुभयो भने के भन्नुहुन्छ, आफैँलाई ? यस्तो खालको अवस्थाले देशलाई कहाँ पुर्‍याउँछ ? आफ्नो काम के हो ? आफ्नो लगाव के हो ?," उनले कर्मचारीलाई भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री खड्काले समयमै सुधार नगरे ढिलासुस्तीले देशलाई जटिल मोडमा पुर्‍याउने चेतावनी दिए । उनले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा प्रगति नदेखिएको गुनासो गरे ।

"उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान नदिने अनि भन्न पनि अप्ठ्यारो क्या ! विदेश जाने भनेपछि आज आइहाले पनि भोलिपल्टै भए गइहाल्नेजस्तो छ, रिफ्रेसमेन्टमा हामी हिँडिरहने प्रगति चाहिँ नहुने," उनले भने ।

उनले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए ।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्