site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चुनावी अभियान सुरु गर्दै मोदीले भने– विगतको १० वर्ष ट्रेलर मात्रै हो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय जनता पार्टी (भाजपा)को चुनावी अभियान उद्घाटन गरेका छन् ।

उत्तर प्रदेशको मेरठबाट उनले सन् २०२४ को लोकसभा चुनावका लागि अभियान सुरु गरेका हुन् ।

यसअघि सन् २०१४ र २०१९ मा पनि मोदीले मेरठबाटै चुनावी अभियान सुरु गरेका थिए ।

अभियान उद्घाटन गर्दै मोदीले आगामी आम चुनाव सरकार छनोटका लागि मात्रै नभएर विकसित भारत बनाउनका लागि भएको बताएका छन् । उनले आफ्नो सरकार तेस्रो कार्यकालका लागि तयार रहेको बताए ।

“हामी आगामी पाँच वर्षको रोडम्याप तयार गर्दै छौँ । हामी हाम्रो अर्को कार्यकालको पहिलो १०० दिनमा गर्न आवश्यक पर्ने ठूला निर्णयहरूमा काम गरिरहेका छौँ । विगत १० वर्षको विकासको गति अझै द्रुत हुनेछ,” मोदीले भनेका छन् ।

उनले भारतीय कांग्रेस पार्टीले राष्ट्रविरोधी काम गरेको टिप्पणी गरे । चुनावी अभियान सुरु गर्दै मोदीले भनेका छन्, “अहिलेसम्म तपाईंहरंले विकासको ट्रेलर मात्र हेर्नुभएको छ । हामीले देशलाई अझै धेरै अगाडि लैजानुपर्छ ।”

टाइम्स अफ इन्डियाबाट ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro