अर्थ व्यवसाय
काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले कृषिमा लगानी बढाएर देशको व्यापारघाटा घटाउन सकिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद तिमल्सिनाले कृषि उत्पादन बढाएर मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।
“भ्यू टावरमा अर्बौ रुपैयाँ लगानी गर्न सरकार तयार हुने, कृषिमा लगानी बढाउन कनि पछाडि ?,” उनले भने, “म अर्थमन्त्री र सिँचाइमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, कृषिमा लगानी बढाऔँ ।”
कृषि उत्पादन बढेपछि व्यापारघाटा कम हुने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १४:०६
प्रतिक्रिया दिनुहोस्