![वैशाख ८ गते ‘पिंक केयरएथन’ हुने](https://12khari.top/uploads/posts/pink-1711734664.jpeg)
काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो ।
काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यसपटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ ।
जुनसुकै उमेर समुहका महिलाहरूले सहभागिता जनाउन सक्ने इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तीन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जिवनशैली अपनाउन प्रोत्साहित गर्ने बताए ।