देश
काठमाडौं । राष्ट्रिय परीक्षा र्बोर्डले एसईई सञ्चालन भइरहेका हलमा अनावश्यक व्यक्तिलाई दिइएको अनुगमन अनुपतिपत्र रद्ध गरेको छ । अनुगमनका नाममा आधिकारिक व्यक्तिबाहेक अन्य व्यक्तिहरू पसेर विद्यार्थीलाई लेखनमा असुविधा पुर्याएपछि बोर्डले यस्तो निर्णय गरेको हो ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारीबाहेक अन्यलाई बाँडिएको पास रद्ध गरिएको बोर्डले जनाएको छ ।
आवश्यक परे त्यस्ता व्यक्तिहरूबाट पर्यवेक्षण गर्नमात्रै दिन सकिने बोर्डको निर्णय छ । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा चैत २७ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १३:५७
प्रतिक्रिया दिनुहोस्