site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा हैदराबाद बन्यो सर्वाधिक रन बनाउने टोली, मुम्बईविरुद्ध ३१ रनले विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ ।

बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो । 

खेलको पहिलो इनिङमा तीन ब्याटरले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । आईपीएलको इतिहासमा यो अहिलेसम्मै सबैभन्दा ठूलो योगफल हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हैदराबादले यसअघि सन् २०१३ को संस्करणमा रोयल च्यालेन्जर्स बेंग्लोरले बनाएको २६३ रनको कीर्तिमान तोडेको हो । उक्त संस्करणमा बेंग्लोरले पुने वारियर्सविरुद्ध निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २६३ रनको योगफल बनाउँदै कीर्तिमान कायम गरेको थियो ।

हैदराबादविरुद्ध मुम्बईका तिलक वर्माले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३४ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । टिम डेविडले ४२ रन जोड्दा इशान किशनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । यस्तै, कप्तान हार्दिक पन्ड्याले २४ र रोमारियो सेफर्डले १५ रन थपे।

Global Ime bank

रोहित र इशानले पहिलो विकेटका लागि ३.२ ओभरमा ५६ रनको साझेदारी गर्दै मुम्बईलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटरले उक्त लयलाई कायम राख्न नसक्दा मुम्बईले २४६ रनमात्र बनाउन सक्यो ।

हैदराबादका प्याट कुमिन्स र जयदेव उनादकटले समान दुई विकेट लिए । सहबाज अहमेदले एक विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङमा उत्रिएको हैदराबादबाट हेनरिक क्लासेन, अभिषेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाएका थिए । 

क्लासेनले ३४ बलमा चार चौका र सात छक्कासहित ८० रन बनाए । हैदराबाद ११ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १६१ रनको स्थितिमा हुँदा क्लासेनले चौथो विकेटका लागि आइदेन मार्करमसँग नौ ओभरमा ११६ रनको शतकीय साझेदारी गर्दै हैदराबादलाई कीर्तिमानी योगफलसम्म पुर्‍याएका थिए । 

क्लासेनसँगै अविजित रहेका मार्कले २८ बलमा दुई चौका र एक छक्कासहित ४२ रन बनाए । यस्तै, ओपनर ट्राभिस हेडले २४ बलमा नौ चौका र तीन छक्कासहित ६२ रन जोडे । अभिषेक शर्माले २३ बलमा तीन चौका र सात छक्कासहित ६३ रन थपे । अर्का ओपनर मयंक अग्रवाल भने ११ रनमा पभेलियन फर्किएका थिए । हैदराबादबाट ब्याटिङका निम्ति आएका पाँच ब्याटरमध्ये चार ब्याटरले कुल १८ छक्का प्रहार गरेका थिए ।

मुम्बईका हार्दिक पन्ड्या, गेरार्ड कोइट्जे र पियुश चावलाले समान एक विकेट लिए । हैदराबादविरुद्ध ६ बलर प्रयोग गरे पनि मुम्बईका कुनै पनि बलर सफल बन्न सकेनन् । चार ओभरमा ६६ रन खर्चिएका केवेना माफका मुम्बईका सबैभन्दा खर्चिलो बलर बने । 

खेलमा कुल ३८ छक्का प्रहार भएका थिए । जसमध्ये हैदराबादले १८ र मुम्बईका ब्याटरले २० छक्का प्रहार गरे ।

प्रतियोगितामा हैदराबादको यो पहिलो जितसमेत हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकको नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC