site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : साउद
फाइल तस्बिर ।

वीरगन्ज । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो पार्टी र नेकपा (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरूबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै निम्ति सरकार गठन गर्न नहुने धारणा व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

“...प्रशासनिक सजिलोपनका लागि र सत्तासाझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ,” उनले भने ।

नेता साउदले हिजोसम्म परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै निम्ति आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्र अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताए ।

कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढंगले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ थियो । कांग्रेसका केही कमीकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न सकिने उनले बताए । “वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउँछ,” उनले भने, “रचनात्मक प्रतिपक्षका रूपमा रचनात्मक काम गर्न हामी चाहन्छौँ ।”

कांग्रेस एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई जोगाउनका निम्ति अविछिन्न रूपमा कटिबद्ध हँुदै अघि बढ्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro