site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ–पुराना सबै दलका लागि सत्तामात्रै सबैथोक हुन थाल्यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्तामात्रै महत्त्वपूर्ण हुने गरेको बताएका छन् ।

बुधबार 'विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत' कार्यक्रममा पौडेलले अहिले नयाँ र पुराना दलहरूका लागि सत्ता नै सबैथोक हुने गरेको बताए । यसले लोकतन्त्रको रक्षा हुन नसक्ने उनको भनाइ छ ।

उनले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरू मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको बताए । सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएकाले नागरिक आन्दोलनले मात्रै निस्वार्थ ढंगबाट कुराहरू उठाउन सक्ने बताए । उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको पनि बताए ।

"अहिले नागरिक आन्दोलन कमजोर भएको छ, नागरिक आन्दोलन नै छैन । त्यसैले राजनीतिक दल सत्तामा जान्छ, सत्तामा गएपछि विपक्षमा हुँदा जे कुरा गर्दथ्यो, सत्तामा गएपछि फरक कुरा गर्दछ । राजनीतिक दलका लागि विशेष गरी नेपालको परिवेशमा सत्तामात्रै उसको सबैथोक भयो," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro