site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक बिहान, दिउँसो सडकमा उत्रँदै राप्रपा नेता
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता–कार्यकर्ता । फाइल तस्बिर ।

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकले आइतबार (वैशाख ७) पनि प्रदर्शन जारी राख्ने भएका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक १८ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् ।

आइतबार पनि त्यसलाई निरन्तरता दिइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । “२०८२ वैशाख ७ गते ने शि महासंघको जुलुस तथा विरोधसभा कार्यक्रम बिहान ९ः०० बजेबाट दिउँसो १२ः०० बजेसम्म हुने कुरा जानकारी गराउँछौँ,” उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

शिक्षकले यसअघि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने गरेका छन् । आइतबार भने बिहान ९ देखि मध्याह्न १२ बजेसम्म प्रदर्शन गरिने सुवेदीले जनाएका छन् ।

राप्रपाको प्रदर्शन
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्याकर्ताले पनि आइतबार प्रदर्शन गर्ने भएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गरिने नेता मोहन श्रेष्ठले जानकारी दिए ।

उनीहरूले दिउँसो प्रदर्शन गर्न लागेका हुन् । “भोलि वैशाख ७ गते अपराह्न १२ः०० बजे हामी बिजुलीबजार पुलमा भेट्नेछौँ,” श्रेष्ठले भने, “अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हामी शान्तिपूर्ण प्रदर्शन गर्नेछौँ ।”

‘अवस्था र व्यवस्था’ बदल्न आफूहरूको शान्तिपूर्ण संघर्ष जारी रहेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro