site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईई भोलिदेखि, ३५ प्रतिशत नल्याए ‘नन् ग्रेडेड’ हुने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै छ । यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । 

भोलिदेखि सञ्चालन हुने परीक्षाका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । देशका सबै स्थानमा व्यवस्थित र सुरक्षित रूपले परीक्षा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

३५ प्रतिशत नल्याए नन् ग्रेडेड हुने 
यो वर्ष पहिलोपटक एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन हुँदै छ । यस्तै, लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ । जसअनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन् ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्थात् सैद्धान्तिकतर्फ पूर्ण अंक ७५ रहेकोमा विद्यार्थीले कम्तीमा २७ ल्याउनुपर्ने हुन्छ । यसरी नन् ग्रेडेड नतिजा आएका विद्यार्थीले दुईवटा विषयमा तीनपटकसम्म तत्कालै हुने पूरक परीक्षा दिन पाउने परीक्षा उपनियन्त्रक भक्त गोदार बताउँछन् । 

यस्तै, दुईभन्दा बढी विषयमा नन् ग्रेडेड भएका वा पूरक परीक्षामा पनि ग्रेडिङ पाउन नसकेका विद्यार्थीले अर्को वर्ष हुने एसईईमा सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने उनले बताए । 

Global Ime bank

छात्राको संख्या कम हुँदै 
जनसंख्याको आधारमा पछिल्ला दुई वर्षयता लगातार एसईईमा छात्राको संख्या घट्दै गएको छ  । २०७८ को परीक्षामा पाँच लाख १४ हजार ९६७ जनाले आवेदन दिएकोमा छात्रा दुई लाख ५७ हजार ९२४ र छात्र दुई लाख ५७ हजार ५३ जना थिए । २०७९ को एसईईमा सहभागी चार लाख ८५ हजार ३९६ जनामध्ये छात्रा दुई लाख ४२ हजार ७१२ छात्र दुई लाख ४२ हजार ६७४ थिए । 

२०८० मा आइपुग्दा जम्मा पाँच लाख चार हजार ४१४ विद्यार्थीले आवेदन दिएकोमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र छन् । अर्थात् यो वर्षको एसईईमा छात्रभन्दा झन्डै तीन हजार कम छात्रा सहभागी हुँदै छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्यामध्ये ४८.९८ प्रतिशत पुरुष र ५१.०२ प्रतिशत महिला छन् । तर, १० देखि १९ वर्षसम्मका उमेर समूहमा भने १०.५ प्रतिशत पुरुष र ९.९ प्रतिशत महिला रहेको जनगणनाको तथ्यांक छ । 

कुल जनसंख्यामा नै महिलाको संख्या कम भएकाले वर्षेपिच्छे एसईईमा छात्राको संख्या घट्दै गएको सहनियन्त्रक गोदार बताउँछन् । नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट यो वर्ष २३ विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । 

पहिलोपटक एसईईमा ‘अन्य’ वर्ग छुट्याएर सहभागी गराइँदै 
यसपटकको एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायलाई पहिलोपटक ‘अन्य’ वर्गमा राखेर सहभागी गराइँदैछ । सो समुदायबाट यसपटक १५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । 

फरक पहिचान भए पनि यसअघि छात्र वा छात्रा वर्गमा राख्ने गरेकोमा सरकारले यो वर्ष पहिलोपटक एलजीबीटीआई समुदायको वर्ग छुट्याएको निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् । 

बढ्दै प्राविधिक धारका विद्यार्थी 
यस वर्षको एसईईमा प्राविधिक विषयका विद्यार्थीको संख्या गएको वर्षभन्दा बढेको छ । यस वर्ष सहभागी हुन लागेका १० हजार ८०६ विद्यालयमध्ये ५०६ वटा विद्यालयका १५ हजार ७४९ विद्यार्थी प्राविधिक धारका छन् । गएको वर्ष ५०५ वटा विद्यालयबाट प्राविधिक धारका १५ हजार ४६१ विद्यार्थी एसईईमा सहभागी भएका थिए । 

दुई हजार बढी परीक्षा केन्द्र, ७७ हजार जनशक्ति खटाइँदै 
यो वर्ष एसईई दिन लागेका पाँच लाख चार हजार ४१४ विद्यार्थीका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न ७७ हजार बढी जनशक्ति खटाइको बोर्डले जनाएको छ । 

परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७७ हजार ५०५ जना जनशक्ति खटाउन लागिएको बोर्डले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !