site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : पुरन र मन्सुबको विजयी सुरुआत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पुरुष ५७ केजी तौल समूहमा पुरनले मधेस प्रदेशका रबन अलीलाई पराजित गरे । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाए ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपीएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथलाई हराए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोसी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाए ।

Puran-1711475552.jpeg
 

Global Ime bank

महिला ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले वाग्मतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाए ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले कोसीका प्रशान्त दाहालको चुनौती पन्छाए । पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठ तथा वाग्मतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे ।

प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पुरुषमा ७ र महिलामा ६ गरी १३ स्पर्धामा १०५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले २५ हजार, १५ हजार ७.५/७.५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC