site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’को छायांकनका क्रममा विपीन पहिलोपटक पुगे अमेरिका

काठमाडौं । शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र तेल भिसाको सुटिङका लागि अभिनेता विपीन कार्की अमेरिका पुगेका छन् । नेपाली समयअनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडी मछिन्द्र योङगासहित विपीन अमेरिकाको मेरिल्यान्ड राज्यमा उत्रिएका हुन् । 

विपीनको यो अमेरिका यात्रा पहिलो पटक हो । विपीनलाई अमेरिकामा स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे विमानस्थल पुगेकी थिइन् ।  ऋचाले यो चलचित्रमा अभिनय पनि गर्दैछिन् । 

यो सिनेमामा विपीन दोहोरो भूमिकामा देखिनेछन । उनको अपोजिट गौरी मल्ल र वर्षा राउत देखिनेछन् । 

तेल भिसाको छायाँकन वैशाख २५ गतेबाट एक महिनासम्म चल्नेछ । मेरिल्यान्ड राज्यका विभिन्न सहरमा सिनेमाको ७० प्रतिशत छायांकन हुनेछ । बाँकी छायांकन नेपालमा हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro