site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेष्ट इन्डिजविरुद्ध नेपाल फिल्डिङमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङमा निम्त्याएका हुन् । 

आजको खेलमा नेपालका प्रशिक्षक मोन्टी देसाईले आसिफ शेख, सोमपाल कामी र करण केसीलाई बाहिर राखेका छन् । उनीहरुको स्थानमा अनिल कुमार साह, विवेक यादव तथा कमलसिंह ऐरीलाई मौका दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप वेस्ट इन्डिज नेपालमा खेल्न आएको हो । 

शृंखलाको दोस्रो खेल १६ वैशाखमा, तेस्रो १९ वैशाखमा, चौथो २० वैशाखमा र पाँचौं खेल २२ वैशाखमा हुनेछ ।

Global Ime bank

विश्व क्रिकेटमा वेस्ट इन्डिजको उपस्थिति दरिलो छ  । सन् १९७५ र ०७९ मा वेस्ट इन्डिजले लगातार दुईपटक ६० ओभरको एकदिवसीय विश्वकप जितेको थियो  । सन् २०१२ र २०१६ मा यस टोलीले टी–२० आई विश्वकप उपाधि उचालेको थियो  ।

विश्व क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन नै सन् २०१४ को टी–२० विश्वकप खेल्नु थियो । दश वर्षपछि नेपालले टी–२० विश्वकपमा स्थान बनाएको हो । आधिकारिक रूपमा नेपाल र वेस्ट इन्डिजको सिनियर टोलीबीच गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए  ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement