site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यकर्तालाई ओलीको चेतावनी– नेताहरूविरुद्ध तथानाम स्टाटस लेखे कारबाही हुन सक्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा माथिका नेताहरूलाई अपमान गर्ने गरी स्टाटस नलेख्न निर्देशन दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताहरूले आफूभन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्टाटस लेखेको भन्दै गलत स्टाटसहरू कारबाहीको दायरामा आउने चेतावनी दिए ।

उनले जथाभाबीरूपमा पार्टीका आन्तरिक कुराहरू र नेताहरूलाई विपक्ष बनाएर स्टाटस नेलख्न सचेत गराए । कुनै विमति भए पार्टीभित्रका कमिटीमा छलफल गर्न सकिने उनको भनाइ छ ।

उनले आफूले लेखेको स्टाटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै स्ट्याट्स लेख्न आग्रह गरे ।

"मैले कतिपय साथीहरूका स्टाटसहरू हेरेको छु । नेताहरूको स्टाटसहरू हेरेको छु । आफूभन्दा माथिका नेताहरूलाई तथानाम बोलेर । स्टाटस कारबाहीको विषय बन्नेछ । म सचेत पनि गराउन चाहन्छु । यदि बेलगाम भयो मान्छे, छाडा भयो भने । थाहा छैन जथाभाबी लेख्नुहुँदैन भन्ने ? यहाँ कमिटीमा छलफल गर्नुस् । बाहिर किन स्टाटस लेख्नुहुन्छ ? त्यस्तो काम नगर्नुस्," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro