site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरी बलले थाल्यो सीमा नाकामा चौबिसै घण्टा गस्ती

काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा नाकामा चौबिसै घण्टा गस्ती गर्ने भएको छ । सीमामा हुने तस्करी पैठारी नियन्त्रण गर्न एक छुट्टै 'प्लटुन' नै खटिने सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

“सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बलको प्लटुनले नै गस्ती गर्ने छ । त्यसका लागि पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र, २०८० नै लागु गरेका छौँ,” डीएसपी थापाले भने ।

सशस्त्र प्रहरी बलको पैदल गस्तीले अन्तर्राष्ट्रिय सीमा नाकामा गस्ती गर्दा सीमा सुरक्षालाई थप प्रभावकारी हुनेछ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र वेशहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन गर्नेछ ।

सीमा पैदल गस्तीसम्बन्धी अवधारणा तयार पारे लगत्तै मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गस्ती समेत थालेको छ । मधेस प्रदेश १३ नम्बर गण पर्साले सीमा सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गर्दै सीमा गस्ती थालेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro