site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धादिङ । धादिङको थाक्रे गाउँपालिका–८, सोप्याङखोलामा शनिबार (जेठ ३१) बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई थप उपचारका निम्ति प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्‍याइएको थियो । स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि उनलाई त्यहाँ लगिएको थियो ।

“दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ,” उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भने । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्