site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भुटानका प्रधानमन्त्रीले किन ‘मोदीको ग्यारेन्टी’ लेखे ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुईदिने भुटानको भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो देश फर्किइसकेका छन् । उनले शुक्रबार र शनिबार (मार्च २२ र २३) भुटानको भ्रमण गरेका थिए । 

मोदी दुईदिने भ्रमण सकाएर फर्किए पनि भुटानका प्रधानमन्त्रीको भनाइ र त्यहाँका राजाले उठाएको कदम चर्चामा छ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले मोदी आफ्नो देशमा आइपुग्नुभन्दा केही मिनेटअघि मात्र सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “भुटानमा तपाईंलाई स्वागत छ, मेरो ठूलो दाजु ।” 

भुटानका प्रधानमन्त्रीले मोदीलाई ‘ठूलो दाजु’का रूपमा सम्बोधन गरेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिकको सम्मानबाट सम्मानित समेत गरियो । भ्रमणका बेला भुटान र भारतबीच केही महत्त्वपूर्ण सम्झौता पनि भयो । यी सबै विषय चर्चामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मोदीको त्यो भ्रमण यस्तो समयमा भयो, जति बेला भारतभित्र लोकसभा चुनाव र केही राज्यमा विधानसभाको निर्वाचन सुरु भइसकेको थियो । भ्रमणका क्रममा मोदीले भुटानको विकासमा भारतले साथ दिने बताए । आउँदो पाँच वर्षसम्म भुटानलाई एक खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने मोदीले आश्वासन दिए ।

एक महिनाभित्र मोदी र भुटानका प्रधानमन्त्रीबीचको यो दोस्रो भेट थियोे । करिब दुई साताअघि मार्च १४ मा भुटानी प्रधानमन्त्रीले आफ्नो पाँचदिने भ्रमणका क्रममा दिल्लीमा मोदीसँग भेट गरेका थिए ।

Global Ime bank

भारत भ्रमणबाट फर्किएपछि भुटानका प्रधानमन्त्री तोब्गेले आतिथ्यका निम्ति मोदीलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका थिए, “आशा छ, हामी छिटै भेट्नेछौँ, यसपटक भुटानमा ।”

गत वर्ष नोभेम्बरमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले प्रधानमन्त्री मोदीसँग दिल्लीमा भेट गरेका थिए ।

योपटक भ्रमणको पहिलो दिन शुक्रबार राजधानी थिम्पुमा आयोजित एक समारोहमा भुटानका राजा जिग्मे खेसरले मोदीलाई देशको सर्वोच्च सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ प्रदान गरेका थिए ।

भारतको विदेश मन्त्रालयका अनुसार, भुटानबाट यो सम्मान पाउने मोदी पहिलो विदेशी नेता हुन् । भुटानका राजाले सन् २०२१ डिसेम्बरमा यसको घोषणा गरेका थिए ।

भारतको विदेश मन्त्रालयले उक्त सम्मानलाई भुटान र भारतबीचको गहिरो सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरेको छ । यसले मोदीको नेतृत्वमा विश्व शक्तिका रूपमा भारतको उदयलाई पनि सम्मान गर्ने भारतीय विदेश मन्त्रालयको जिकिर छ ।

मोदीलाई स्वागत गर्न भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे आफैँ पारो अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । दुईदिने भ्रमणपछि फर्कने क्रममा भुटानका राजा जिग्मे खेसर र प्रधानमन्त्री तोब्गे मोदीलाई विमानमा भेट्न आएका थिए ।

छिरिङ तोब्गेले सामाजिक सञ्जालमा सो अवधिको तस्बिर पोस्ट गर्दै मोदीलाई भुटान आउनबाट कसैले रोक्न नसक्ने लेखेका थिए । भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका थिए, “हामीलाई भेट्न आउनुभएकामा मेरो दाइ प्रधानमन्त्री मोदीलाई धन्यवाद । न त उनको व्यस्त कार्यक्रम र न खराब मौसम केहीले पनि उहाँलाई हामीसँग गरेको वाचा पूरा गर्नबाट रोक्न सकेन । सायद यही नै हो, जसलाई ‘मोदीको ग्यारेन्टी’ भनिन्छ ।”

भुटानका प्रधानमन्त्रीले ‘मोदीको ग्यारेन्टी’ त्यति बेला सामाजिक सञ्जालमा लेखे, जतिखेर यो शब्दावलीले भारतीय राजनीतिमा चर्चा बटुल्दै थियो ।

मोदी नेतृत्वको सरकार सबै नागरिकको कल्याण र विकासका निम्ति प्रतिबद्ध छ भन्ने अर्थमा पछिल्ला दिन भारतीय जनता पार्टी (भाजपा)ले निर्वाचनमा ‘मोदीको ग्यारेन्टी’लाई बढावा दिइरहेको छ । आउँदो लोकसभा चुनावमा भाजपाले यही नाराका साथ मोदीलाई अघि सारेको छ ।

मोदीको भुटान भ्रमण मार्च २१ र २२ का निम्ति तय गरिएको थियो । तर, विदेश मन्त्रालयले खराब मौसमका कारण भ्रमण स्थगन गर्ने जनायो । भ्रमणको मिति सार्नुपर्ने विदेश मन्त्रालयले उल्लेख गरेको थियो ।

गएको बुधबार भारतका बिहार, पश्चिम बंगाल र हिमाली क्षेत्रमा भारी वर्षा भएको थियो । त्यसपछि विदेश मन्त्रालयले भनेको थियो, “मौसम खराब भएकाले बिहीबारबाट सुरु हुने प्रधानमन्त्रीको भ्रमणको नयाँ मिति घोषणा गर्ने विषयमा दुवै देशबीच सहमति भएको छ ।” त्योसँगै प्रधानमन्त्री मोदी शुक्रबार भुटान प्रस्थान गरेका थिए ।

मोदीले आफ्नो भुटान भ्रमणको जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिइरहेका थिए । उनले लेखेका थिए, “जब म दिल्ली फर्कंदै थिएँ, भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक मलाई एयरपोर्टमा बिदाइ गर्न आउनुभयो । उहाँको यो विशेष व्यवहारबाट आफू सम्मानित भएको महसुस गरेको छु ।”

मोदीले भनेका छन्, “भुटानको यो भ्रमण निकै विशेष थियो । राजाबाहेक मैले प्रधानमन्त्री तोब्गे र अन्य विशिष्ट व्यक्तिहरूसँग भेट गरेँ । हामीबीचको वार्ताले भारत र भुटानबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।”

आफूलाई सर्वोच्च नागरिक सम्मान प्रदान गरेकामा उनले धन्यवाद दिएका छन् । “भुटानका अद्भुत मानिसलाई उनीहरूको माया र आतिथ्यका निम्ति धन्यवाद । भारत सधैँ भुटानको विश्वसनीय मित्र र सहयोगी रहनेछ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार, मोदीको भ्रमणका क्रममा भारत र भुटानबीच धेरै महत्त्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दुई देशबीच ऊर्जा सम्बन्धमा महत्त्वपूर्ण सम्झौता भएको छ । जसानुसार भारतले भुटानमा पेट्रोलियम पदार्थ र लुब्रिकेन्ट आपूर्ति गर्नेछ । भारतको खाद्य सुरक्षा र मानक प्राधिकरणले भुटानको नियामक निकाय भुटान खाद्य र औषधि प्राधिकरणलाई मान्यता दिने सम्झौता पनि भएको छ ।

दुवै देशले खेलकुद र युवा मामिलामा साझेदारी गर्ने सहमति गरेका छन् । भुटान र भारतबीच अन्तरिक्ष मामिलामा संयुक्त कार्ययोजना समेत बनाइएको छ । दुवै देशले औषधि र त्यस्ता उत्पादनको परीक्षणमा एकार्कालाई सहयोग गर्ने सम्झौता भारत र भुटानबीच भएको छ ।

भुटान र भारतबीच रेलमार्ग निर्माणको काम गर्ने समझदारी भएको छ । दुई देशबीच जलविद्युत् आयोजना, हरित ऊर्जा र सौर्य ऊर्जा आयोजनामा सहकार्य गर्ने सहमति भएको छ । यसले भुटानलाई फाइदा हुने विश्वास गरिएको छ ।

भुटानको सामाजिक–आर्थिक विकासमा जलविद्युत् आयोजनाको महत्त्वपूर्ण स्थान छ । भुटानले बिजुली उत्पादन गरेर भारतलाई बिक्री गर्छ, त्यसबाट भुटानले ठूलो आम्दानी गर्दै आएको छ ।

सन् २०२२ को भुटान सरकारको तथ्यांकानुसार, भारतले भुटानबाट २४.४८ अर्ब भारतीय रुपैयाँको बिजुली खरिद गरेको छ ।

भारत र भुटान सरकारको सहकार्यमा वाङ्दु फोड्रङमा निर्मित पुनात्साङ्छु–२ जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने विश्वास गरिएको छ । यो जलविद्युत् आयोजनाबाट वार्षिक चार हजार ३५७ युनिट विद्युत् उत्पादन हुनेछ ।

(बीबीसी हिन्दीबाट साभार)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC