site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसले युक्रेनको राजधानीमा फेरि गर्‍यो आक्रमण, पोल्यान्डले वायुसेनालाई राख्यो ‘अलर्ट’
रुसी आक्रमणबाट जोगिन मेट्रो स्टेसनमा शरण लिएका युक्रेनी नागरिक । तस्बिर : रोयटर्स ।

काठमाडौं । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि ‘अलर्ट’ जारी गरेको छ ।

रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण लिन मेट्रो स्टेसनतर्फ भागदौड गरेको जनाइएको छ ।

युक्रेनको छिमेकी देश पोल्यान्डले पनि आफ्नो वायुसेनालाई सक्रिय बनाएको छ । पोल्यान्डले आफ्नो सीमा जोडिएको युक्रेनको सहर लवीवमा रुसले हवाई आक्रमण गरेपछि वायुसेनालाई अलर्टमा राखेको हो ।

रुसले किभमाथि आइतबार बिहान ५ बजेदेखि आक्रमण थालेको थियो । रुसी आक्रमणको जवाफ दिइएको युक्रेनको सेनाले जनाएको छ ।

शुक्रबार पनि रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणबाट एउटा बाँध ध्वस्त भएको जनाइएको छ । बाँधमा क्षति भएपछि विद्युत् उत्पादन केन्द्र बन्द भएको छ । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro