site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भीड

काठमाडौं । काठमाडौंको वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ । 

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । 

Dabur Nepal
NIC Asia

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । 

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro