site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाखा अधिकृतले २१ वर्षमा जोडे तीन करोड २१ लाखभन्दा बढी ‘अवैध सम्पत्ति’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनले ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्म काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय र अतिरिक्त जिम्मेवारीका रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा काम गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्कीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । कार्की सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्मको अवधिलाई अख्तियारले जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो ।

उक्त अवधिमा उनको आयव्ययको विश्लेषण गर्दा तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ ६० पैसा वैध आय देखिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा उनले ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ ३५ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro