site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
निर्मातालाई रवीन्द्रको प्रश्न– सिनेमामा मुन्ना मात्रै देखिनु मेरो कि तपाईंहरूको गल्ती ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार रवीन्द्र झाले आफू टाइपकास्ट भइरहेको गुनासो गरेका छन् । आफूलाई मधेसी र कमेडी कलाकारको रूपमा मात्रै मेकरले लिएको उनको भनाइ छ । 

आफूलाई हरेक मेकरले ‘जात्रा’को ‘मुन्ना’ पात्र जस्तै क्यारेक्टर गर्न अफर गर्ने गरेको उनले बताए । काठमाडौंमा सोमबार चलचित्र ‘महाजात्रा’ टिमले गरेको पत्रकार सम्मेलनमा उनले आफूले केही अफर नकार्ने गरे पनि सबै आग्रहलाई नकार्न नसक्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कलाकारिता नै आफ्नो पेसा भएकाले यही क्षेत्रमा काम गर्नु पर्दा सधैँ एकै खालको रोल आए पनि काम गर्दिनँ भन्न नसकिने बाध्यता रहेको उनको भनाइ छ । आफूलाई भिलेनको रोल गर्न मन लागेको तर आजसम्म कसैले पनि त्यसमा लागि अफर नगरेको उनले बताए । 

“मलाई भिलेनको रोल गर्ने चाहना छ । तर अफर आउँदैन । यो मेरो गल्ती हो र ?,” उनले प्रश्न गरे, “म मुन्ना जस्तै क्यारेक्टरमा देखिएँ भने त्यो मेरो गल्ती होइन, मेकरको गल्ती हो । म त सकेसम्म धेरै क्यारेक्टर गर्न खोज्छु नि !’

Global Ime bank

आफू सपोर्टिभ क्यारेक्टर मात्रै भएकाले एकै खालको रोलका लागि अफर आएको र मेकरले रिस्क लिन नचाहेको हुनसक्ने उनको आंकलन छ । 

“गाडी त हिरोले कुदाउने हो । गाडीको टायर त हिरो हो । हामी त पन्चर टाल्ने मात्रै हो,” उनले गुनासो गरे । 

रवीन्द्र ‘महाजात्रा’मा पनि मुन्नाको क्यारेक्टरमा छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्र चैत ९ गते रिलिज हुँदै छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement