site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दीपकराज गिरी भन्छन्– म निर्देशकलाई हस्तक्षेप गर्दिनँ, सुझाव मात्रै दिन्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले सिनेमा टिमवर्क भएको बताएका छन् । निर्देशकले ड्राइभ मात्रै गर्ने उनको भनाइ छ । 

सहचालकले पनि बाहिरको वातावरण हेरेर चालकलाई सल्लाह दिने गरेको भन्दै उनले तथ्य भुल्न नहुने बताउँछन् । सिनेमाका निर्देशक नै मुख्य व्यक्ति भएकाले कुन सिन राख्ने र कुन नराख्ने त्यसको अन्तिम निर्णय भने निर्देशकले नै गर्ने उनको भनाइ छ । आफूहरूले सिनेमा बनाउँदा स्पटब्याइको समेत सुझाव लिने गरेको उनी बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“म सिनेमाको विद्यार्थी भएकाले चलचित्र राम्रो होस् भनेर यस्तो गर्न पाए हुन्थ्यो भन्छु, चाहे त्यो दीपाश्री निरौलाजी होस् वा अरु होस्,” नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दीपकले भने, “अरु नै निर्देशक भए पनि म उहाँहरूसँगै सधैँ क्लोज हुन्छु । राख्नुस् वा नराख्नुस् यसो गर्दा राम्रो हुनसक्छ भनेर मेरो कुरा राखिरहेको हुन्छु ।” 

सुरुसुरुमा काम दीपकले गरे पनि नाम मात्रै दीपाको राखेको भनेर कतिपयले भन्ने गरेको भन्दै उनले यो निर्देशकप्रतिको अन्याय भएको दीपक बताउँछन् । “यो सुन्दा दीपालाई जति दुःख लाग्छ, त्यसको दुई गुणा बढी मलाई दुःख लाग्छ ।” 

Global Ime bank

आफूले पनि सिनेमा निर्देशन गर्ने दिन आउने र त्यतिबेला पनि अहिलेकै प्रक्रिया सुरु हुने उनी स्पष्ट पार्छन् । “मेरो पनि त्यो दिन आउँछ । म पनि सिनेमा निर्देशन गर्छु । त्यो दिनको पर्खाइमा पनि छु । त्यतिबेला पनि मैले दीपाजीसँग सल्लाह लिनुपर्छ ।” 

निर्देशक मैदानमा कामले कहिलेकाहीँ एकोहोरो हुने गरेको भन्दै उनी भन्छन्, “कहिलेकहिले सम्पादकले कति राम्रो आइडिया दिन्छ, यसको मतलब निर्देशक नै चाहिँदैन भन्ने होइन ।” 

प्राविधिक रूपमा पोख्त हुनु मात्रै निर्देशन नभएको भन्दै दीपक निर्देशकीय कला अर्कै कुरा भएको बताउँछन् । निर्देशक कथावाचक भएको उनको भनाइ छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement