site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको मिसन भ्रष्टाचार अन्त्य : श्रममन्त्री अर्याल
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफूहरूको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

रास्वपाको मिसन बेथितिविरुद्ध काम गर्ने रहेको उनले उल्लेख गरे । उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए ।

“रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने । साथै, भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो,” उनले भने, “त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ ।”

भ्रष्टाचार अन्त्य, बेथितिविरुद्धका काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने उनले बताए । “हाम्रो योभन्दा बढी मिसन खासै छैन । त्यति गर्नेबित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन् । जनताले राज्य र सरकार भएको महसुस गर्दछन्,” उनले भने ।

उनले जनताले राज्य र सरकार भएको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro