site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुचित सिफारिस गर्नेको साधारण सदस्यता खारेज गर्ने रास्वपाको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा र नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ । रास्वापाका तर्फबाट बनेका चार मन्त्रीसहित उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सांसद शिशिर खनालबीच आइतबार भएको बैठकबाट सो निर्णय गरिएको हो ।

राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरिएको प्रवक्ता समेत रहेका महामन्त्री ढकालले जानकारी दिए । यस्ता नियुक्ति ‘मेरिटोक्रेसी’लाई प्रधान मानेर अघि बढाइने निर्णय गरिएको उनले बताए ।

“मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ‚” उनले भने‚ “मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागि संशोधन गर्नपर्ने नियम एवं साझा न्यूनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ ।”

यस्तै, मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभवीको सघाउ समूह बनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro