काठमाडौं । सौन्दर्य प्रशाधनका सामग्री उत्पादक कम्पनी ट्रुमी–ट्रुडर्माले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बिहीबार अभिनेत्री अधिकारी र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री अधिकारीले ट्रुमी/ट्रुडर्माका सामग्री गुणस्तरीय रहेको बताइन् । अमेरिकी प्रविधिबाट उत्पादित ट्रुमीका विभिन्न उत्पादनहरु समेत प्रभावकारी भएको आफ्नो अनुभव रहेको उल्लेख गर्दै उनले ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।
“मलाई यो अवसर प्रदान गर्नुभएकोमा आभारी छु,” अभिनेत्री अधिकारीले भनिन्, “मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।”
ट्रुमी/ट्रुडर्माले नेपाली बजारमा १७ प्रकारका हेयरकेयरका सामग्री उपलब्ध गराउँदै आएको आयोजकले जारी गरेको प्रेस मिटमा उल्लेख छ ।