राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मधेस प्रदेशको प्रमुखमा झापाकी सुमित्रा सुवेदी, भण्डारी गण्डकी प्रदेशको प्रमुखमा कैलालीका डिल्लिराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा अर्घाखाँचीका नाजिर मियालाई नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को फागुन २८ को निर्णयबाट सिफारिस भएका तीनै जनालाई नियुक्तिसँगै राष्ट्रपति पौडेलले शपथ गराएका छन् ।
नेपाली कांग्रेस सरकारमा हुँदा नियुक्त भएका मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाएर सरकारले नयाँ नियुक्ति सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्