site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स्विरुद्ध दोस्रो विकेट लिएको छ ।  

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ८.२ ओभरमा अकिब इल्यासलाई गुमाएको हो । इल्यासले टिमको खातामा १५ रन थपे । इल्यासलाई मोहमद मोहसिनले एलबीडब्लुको धरापमा पारे ।

जारी खेलको ९ ओभर समाप्त हुँदा विराटनगरले दुई विकेट गुमाएर ५५ रन बनाएको छ ।

विराटनगरबाट हाल क्रिजमा रहेका मार्टिन गप्टिल ३२ र निकोलस किर्टोन एक रनमा खेलिरहेका छन् । यसअघि विराटनगरले दोस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बमलाई गुमाएको थियो । 

जनकपुरका ललितनारायण राजवंशीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन् । योसँगै एनपीएलको इतिहासमै ललित पहिलो विकेट लिने खेलाडीसमेत बनेका छन् ।

आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro