site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याटिङ पावर प्लेमा विराटनगरको मध्यम सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स्ले ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले पहिलो ६ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

विराटनगरबाट हाल क्रिजमा रहेका मार्टिन गप्टिल २० र अकिब इल्यास १२ रनमा खेलिरहेका छन् । यसअघि विराटनगरले दोस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बमलाई गुमाएको थियो । 

जनकपुरका ललितनारायण राजवंशीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन् । योसँगै एनपीएलको इतिहासमै ललित पहिलो विकेट लिने खेलाडीसमेत बनेका छन् ।

आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro