site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलको पहिलो विकेट ललितको नाममा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध जनकपुर बोल्ट्सका ललितनारायण राजवंशीले पहिलो विकेट लिएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ओपनर लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा गुमाएको हो । ललितले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन् । योसँगै एनपीएलको इतिहासमै ललित पहिलो विकेट लिने खेलाडीसमेत बनेका छन् ।

आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro