site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीहरूलाई ओलीको निर्देशन– देख्ने गरी काम गर्नू, विरोधीलाई नसुन्नू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । मंगलबार बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले परिवर्तन ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

“म मन्त्रीज्यूहरूलाई जनताले देख्ने गरी, अनुभव गर्ने गरी सकारात्मक काम गर्न आग्रह गर्दछु । अहिलेका चुनौतीको सामना गर्ने, अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु,” उनले भने ।

उनले जे गरे पनि विरोध गर्नेहरूको कुरामा ध्यान नदिन अनुरोध गरे । “जे गरे पनि विरोध गर्ने । जसो गरे पनि विरोध गर्ने । ती विरोध गरिरहन्छन् । हामी प्रतिपक्षमा हुँदा विरोध गर्न खोजे,” उनले भने ।

ओलीले झुटा आरोप र लाञ्छनाको क्रियाकलापमा सहभागी नहुने बताए । उनले भ्रष्ट क्रियाकलप नगर्न मन्त्रीहरूलाई निर्देशन दिए ।

“हाम्रा मन्त्रीहरूले पनि भ्रष्ट क्रियाकलाप कुनै हालतमा गर्नुहुँदैन । कसैले गर्छ भने सहँदैनौँ,” ओलीले भने ।

उनले देश भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउनुपर्ने बताए । उनले समयको महत्त्व बुझेर काम गर्न निर्देशन पनि दिए ।

“हरेक पल उपयोगी ढंगले बित्नुपर्छ । समयको महत्त्वलाई बुझ्नुपर्छ । छोटो समयमा धेरै काम गर्न सकिन्छ,” ओलीले भने, “हामीले एक दिनको मुख्यमन्त्री भनेजस्तो फिल्म बनाउँदै छैनौँ । फिल्ममा धेरै कुरा हुन्छ । चमत्कार भइहाल्छ । हामी फिल्म बनाउँदै छैनौँ, समाज बनाउँदै छौँ ।”

सरकारमा एमालेबाट आठ मन्त्री सामेल छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro