site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सत्ता गठबन्धन, राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत विषयमा छलफल भएको दुवै नेताका सचिवालयले जानकारी गराएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार (भोलि) हुँदै छ । अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल उमेदवार छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उमेदवार छन् ।

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement