राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ ।
बैठकमा सिड (सीईडीएडब्ल्यू)को आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक पनि बस्दै छ ।
नेपालको संविधानको धारा ५३ बमोजिम सरकारले संघीय सदनमा पेस गरेको आर्थिक वषे २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
बैठक दिउँसो ३ बजे बस्नेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ ०८:११
प्रतिक्रिया दिनुहोस्