site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘फास्ट ट्रयाक’बाट कानुनी समस्याको सम्बोधन गर्छौँ : उद्योगमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका निम्ति सरकारले कानुनमा रहेका समस्यालाई ‘फास्ट ट्रयाक’बाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोसाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

अहिलेका कानुनमा रहेका त्रुटि, समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नु नै लगानी सम्मेलनका निम्ति फाइदाजनक हुने उनले उल्लेख गरे । उनले लगानीमैत्री वातावरणको पहिलो आधार विद्यमान कानुनमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले लगानीमैत्री वातावरण बनाउन सरकार तयार रहेको सुनाए । “...जबसम्म निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकिँदैन, यो सरकार मेरो हो, यहाँ मैले मेरो लगानी ढुक्कले गर्न पाउँछु, त्यसको प्रतिफल पाइन्छ, राज्यका सहुलियतका लागि राज्य तत्पर र तयार छ, त्यो खालको अझै वातावरण बन्न नसकेको स्थिति छ,” उनले भने, “त्यो वातावरण निर्माण गर्न अहिलेको सरकार तयार छ ।”

नेपाली बजार र उद्योग क्षेत्रमा धेरै अभाव कायम रहेको मन्त्री भण्डारीको भनाइ छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro