site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८ मा पर्ने साराङकोटको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले तत्कालीन ग्यारजाती गाविस र परिवर्तित साराङकोट गाविसका जनप्रतिनिधिसहित मतियारसमेतलाई जनही एक लाख ७१ हजार जरिवानाको फैसला गरेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

साराङकोट गाविसका तत्कालीन अध्यक्षहरू मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा नम्बर–७ का तत्कालीन अध्यक्ष मानबहादुर थापा, वडा नम्बर–७ कै तत्कालीन सदस्य एमबहादुर गुरुङ र तत्कालीन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष भरतबहादुर थापालाई जनही एक लाख ७१ हजार २०० जरिवानाको फैसला भएको छ ।

मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गर्न पहल गरेका दिलबहादुर गुरुङलाई पनि मुख्य प्रतिवादीसरहकै जरिवाना हुने फैसला भएको छ ।

Royal Enfield Island Ad

सबैलाई जनही एक वर्ष कैद हुनेमा उमेरका आधारमा मोदनाथ, भलपटबहादुर र एमबहादुरलाई ७५ प्रतिशत छुट गरी तीन महिना कैद निर्धारण भएको छ । यस्तै, मानबहादुर र दिलबहादुरलाई ७० प्रतिशत कैद छुट गरी तीनमहिना १८ दिन कैद निर्धारण भएको छ ।

जग्गा आफ्नो नाममा पार्न मतियारको भूमिका ठहर भएका गुरुङलाई भने पूर्ण अर्थात् एक वर्ष कैद निर्धारण भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro