site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसी र स्वारेज चम्किँदा इन्टर मियामीको फराकिलो जित 

काठमाडौं । कप्तान लियोनल मेसी र लुइस स्वारेजको समान दुई गोलप्रेरित इन्टर मियामीले मेजर सकर लिग (एमएलएस)मा ओर्लान्डो सिटीविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । 

आइतबार बिहान चेज रंगशालमा सम्पन्न खेलमा इन्टरका लागि अर्को एक गोल रोबर्ट टेलरले थपे । खेलको चौथो मिनेटमा नै स्वारेजको गोलमा मियामीले अग्रता बनाएको थियो । 

११औँ मिनेटमा स्वारेजले नै मियामीको अग्रता दोब्बर पारे । २९औँ मिनेटमा टेलरले गोल गरेपछि पहिलो हाफमा मियामीले ३–० को अग्रता बनाएको थियो । ५७औँ मिनेटमा कप्तान मेसीले टिमका लागि चौथो गोल गरे । यस्तै, ६२औँ मिनेटमा मेसीले नै गोल गरेपछि मियामीले ५–० को सहज जित निश्चित गरेको हो । 

जितसँगै तीन खेलबाट सात अंक जोडेको मियामी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट एक अंक जोडेको ओर्लान्डो सिटी तालिकाको १२औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro