site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर बालेनको आरोप– एमाले कार्यकर्ताले पहिले नगर प्रहरीमाथि आक्रमण गरे
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गएको बुधबार साँझ पहिले नगर प्रहरीमाथि स्टील रडले आक्रमण गरिएको जिकिर गरेका छन् । नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर नेकपा (एमाले)का कार्यकर्ता भएको उनको आरोप छ ।

शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले गएको बुधबारको घटनाबारे स्पष्टीकरण दिएका हुन् । सो साँझ नगर प्रहरीले बल प्रयोग गरेको विषयमा सामाजिक सञ्जालमा कतिपय व्यक्तिले विरोध गरेका छन् ।

सामान्य अवस्थामा नगर प्रहरीले लाठीचार्ज, पक्राउलगायत प्रहरीको अधिकार प्रयोग नगर्ने मेयर बालेनले उल्लेख गरेका छन् । आत्मरक्षाका क्रममा नगर प्रहरीले लाठीचार्ज गरेको उनको भनाइ छ ।

नगर प्रहरीमाथि आक्रमण गरिएको भिडियो मेटाइएको र बल प्रयोगको मात्र छ्यापछ्याप्ती बनाइएको उनको जिकिर छ । त्यसरी सार्वजनिक भिडियोमा देखिएका कतिपय महिला फुटपाथ व्यापारी नभई एमाले कार्यकर्ता भएको उनले बताएका छन् ।

सुन्धारास्थित नेपाल टेलिकमको भवनअगाडिको सडकपेटीबाट फुटपाथ पसल हटाउने क्रममा बुधबार साँझ नगर प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसक्रममा केही व्यक्ति घाइते भएका थिए ।

kasdfmg-1709393249.JPG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro