site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कानुन विपरीत गएर नगर प्रहरीले हाने लट्ठी !
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले बुधबार साँझ फुटपाथ व्यवसायीमाथि लट्ठी चार्ज गर्‍यो । सुन्धारास्थित नेपाल टेलिकमको भवन अगाडिको सडक पेटीमा साँझ सात बजेदेखि फुटपाथमा पसल थापेर व्यापार गर्ने व्यवसायीमाथि लट्ठी चार्ज गरेको थियो ।

नगर प्रहरी बलको लट्ठी चार्जबाट ६ जना व्यवसायी घाइते भए । व्यवसायी नानीमैया बस्नेतको त टाउको र आँखामा गम्भीर चोट लागेको छ । उनीबाहेक घाइते भएका अन्य व्यवसायीका पनि टाउको र मुखमा चोट लागेको छ । उपचारका लागि घाइतेहरूलाई बुधबार साँझ ट्रमा सेन्टर लगिएको थियो ।

उनीहरूलाई बिहीबार अस्पतालले डिस्चार्ज गरिसकेको छ ।  व्यवसायीसँगको झडपमा परेर महानगरका १० जना प्रहरी समेत घाइते भएका थिए । महानगर प्रहरी बलको कमाण्डमा नगर प्रहरी उपरीक्षक (एसपी) मनोजप्रसाद लामिछाने थिए ।

Dabur Nepal
NIC Asia

नगर प्रहरीको टोलीले व्यवसायीमाथि लट्ठी चार्ज र बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको व्यवसायीहरूले बताउँदै आएका छन् । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे भने नगर प्रहरी बलको बल प्रयोग गर्ने कुनै योजना नहुँदा पनि व्यवसायीले ढुंगामुढा गर्दा प्रतिकार गर्नुपर्ने अवस्था आएको दाबी गर्छन् । तर, उनको भनाइ घटनाक्रमसँग भने मेल खाँदैन ।
 
नगर प्रहरी बलको टोली बल प्रयोगको योजनासहित फुटपाथ व्यवसायी हटाउन सुन्धारा पुगेको देखिन्छ । नगरका एसपी लामिछानेको कमान्डमा ३० जनाको टोली सुन्धारा पुगेको थियो ।

कानुनविपरीत लट्ठी चार्ज  

काठमाडौं महानगरपालिकाले महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न आफ्नै ऐन जारी गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार बनाएको ऐनमासमेत नगर प्रहरी बललाई लट्ठी बोक्ने अधिकार तोकिएको छैन ।

ऐनको परिच्छेद–३ ले नगर प्रहरी बलको काम कर्तव्य र अधिकार निर्धारण गरेको छ । ऐनको २८ दफाअनुसार, नगर प्रहरी बलले महानगरको चल, अचल, सम्पत्ति, भवन, जग्गा, पार्क, बजार तथा सवारी पार्किङको रेखदेख तथा सुरक्षा गर्ने भनिएको छ ।

तर, बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुँदा के गर्ने स्पष्ट उल्लेख गरिएको छैन । त्यसबाहेक नगर प्रहरी बल परिचालन हुँदा बलको टोलीले लट्ठी बोक्ने पाउने कुनै व्यवस्था गरिएको छैन । तर, आफ्नै ऐनविपरीत नगर प्रहरी बलको टोलीले लट्ठीबोक्ने गरेको पाइएको छ । नगर प्रहरी बलका एक अधिकारीले आत्मरक्षाका लागि लट्ठी बोक्ने गरेको बताए ।

ती अधिकारीले भने, “हामीलाई बल प्रयोग गर्ने अधिकार छैन । तर, कहिलेकाहीँ आत्मरक्षा गर्नुपर्ने अवस्था आउन सक्छ भनी गाडीभित्र लट्ठी राखेका हुन्छौँ । सुन्धारामा पनि गाडीभित्र राखेका लट्ठी निकालेर आत्मरक्षा गरिएको हो ।”

काठमाडौं महानगर प्रहरीबाहेक ललितपुर प्रहरीले पनि लट्ठी बोक्न थालेको छ । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले पनि आत्मरक्षाकै लागि लट्ठी बोक्नुपर्ने आवस्था आएको बताउँदै आएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले स्थानीय सरकारको चासोको विषय र अधिकार भएका कारण प्रहरीले यसबारे कुनै छानबिन गर्न नमिल्ने बताए । “लट्ठी चार्ज गर्‍यो भन्ने विषयमा हामीलाई केही जानकारी आएको छैन । त्यो कुरा आएपछि त्यसको विषयमा छुट्टै छानबिन होला, त्यो विषय नै आएको छैन,” डीआईजी ढकालले भने  ।

महानगर प्रहरी बलका प्रमुख पाण्डेले भने सुन्धारामा व्यवसायीले आक्रमण गर्नु पहिला नै काठमाडौं प्रहरी प्रमुखलाई जानकारी गराएको बताए । पाण्डेले भने, “हामीमाथि नै आक्रमण गर्न सक्छन् भनेर मैले काठमाडौंका एसएसपीलाई नै भनिसकेको थिएँ । तर प्रहरी आउनुभन्दा पहिला नै व्यवसायीले हामीमाथि आक्रामण गर्दा घटना भयो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu