site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो : प्रतिश जिसी
तस्बिर : क्यान ।

काठमाडौं । नेदरल्यान्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले विश्वास गरेको प्रतिक्रिया दिएका छन् ।

शनिबार प्रतिशले नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । उनको यो प्रदर्शन ‘म्यान अफ दी म्याच’का निम्ति योग्य बन्यो ।

खेलपछिको पत्रकार सम्मेलनमा प्रतिशले गएको बुधबार नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित हुँदाको क्षण स्मरण गरे । अन्तिम दुई बलमा तीन रन आवश्यक हुँदा प्रतिशले एक रन मात्र बनाउन सकेपछि नेपालले साँघुरो हार सामना गर्नुपरेको थियो ।

आफूमा ब्याटिङ गर्ने क्षमता हुँदा पनि असफल भएको उल्लेख गर्दै प्रतिशले त्यस्तो अवस्थामा प्रशिक्षक मोन्टीबाट साथ मिलेको बताए । खराब प्रदर्शनको अवस्थामा टिमले बेन्चमा नै सीमित गरेको भए आफ्नो मनोबल पनि खस्कँदै जाने अवस्था हुने उनको भनाइ छ ।

आज आफ्नो योजनाअनुरूप बलिङ गर्न सक्दा सफलता मिलेको प्रतिशले बताए । उनीसँगै नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेपालका अलराउन्डर गुल्सन झाले खेलाडीको करियरमा कहिलेकाहीँ प्रदर्शन तलमाथि हुने उल्लेख गरे । त्यस्तो अवस्थामा आफ्ना सिनियरबाट हौसला मिल्ने गरेको उनले बताए । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro