site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्सविरुद्ध सहज जितसँगै नेपाल फाइनलनजिक 

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । 

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । रोहितले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रन थपे । ओपनर कुशल भुर्तेलले १२ रन जोडे ।

नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन विकेट लिए । आर्यन दत्तको नाममा एक विकेट रह्यो ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।

नेदरल्यान्ड्सका म्याक्स ओ‘डाडले ३१ रन बनाए । टिम भान डेर गुग्टेने २४, रोइलोफ भान डेर मेर्वेले २३ र कप्तान स्कट एड्वार्ड्सले १८ रन जोडे ।

नेपालका प्रतिश जिसीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका प्रतिशले एक मेडन फ्याँक्दै १३ रन खर्चिए । करण केसी र कुशल मल्ले समान दुई र दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।

शृंखलामा नेपालको यो दोस्रो जित हो । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाए पनि आइतबार हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलपछि मात्र शीर्ष दुई टिमको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro