कला
काठमाडौं । नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त सिनेमाको टिजरमा चौधरीले रमाइलो प्रतिक्रिया दिएका हुन् ।
सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार ‘डिग्री माइला’ अर्थात् दयाहाङ राईले चौधरीको व्यापारिक समूह चौधरी ग्रुपले मासिक चार लाख तलब दिँदा पनि आफूले त्यहाँ जागिर नखाएको बताएका छन् ।
“मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनु हुन्छ होला जस्तै छ त दयाहाङ जी । हैट !’ चौधरीले टिजरको क्ल्पिस सेयर गर्दै फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १४:००
प्रतिक्रिया दिनुहोस्