देश

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका निम्ति नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । गएको मंगलबार (फागुन १५)देखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो ।
अहिले बुढीऔँला र चोरऔँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना रहेको विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार, अहिले केन्द्रबाट थालिएको यो सेवा विस्तारै सबै वडाबाट सञ्चालन गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० ०९:२९
प्रतिक्रिया दिनुहोस्