site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाल–भारत अन्तरदेशीय कारोबार सुरु, कसरी हुन्छ भुक्तानी ?

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले नेपाल–भारत अन्तरदेशीय कारोबार गर्न सकिने सुविधा सुरु गरेको छ । बुधबारदेखि भारतीय नागरिकले नेपाल आउँदा यहाँ फोन पेको क्यूआर कोडमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । 

फोन पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवशकुमार सापकोटाले भने, “यसका लागि हामीले तीन वर्षदेखि काम गरिरहेका थियौँ । गत सेप्टेम्बरमा भारतमा ‘ग्लोबल फिनटेक फेस्ट २०२३’ घोषणा गरेको करिब साढे पाँच महिनामा सेवा सञ्चालन गरेका छौँ ।”

कसरी हुन्छ अन्तरदेशीय कारोबार
अन्तरदेशीय कारोबारका लागि नेपालको फोन पे र भारतको एनपीसीआई इन्टरनेसनलबीच सहकार्य भएको हो ।

Dabur Nepal
NIC Asia

नेपालमा फोन पेमा आवद्ध भएका बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) र भारतमा एनपीसीआईसँग आवद्ध भएका यस्ता संस्थाबीच अन्तरदेशीय कारोबार हुन्छ ।

अन्तरदेशीय भुक्तानीका लागि भारतको एनपीसीआईसँग यसको आफ्नै भीम एप र त्यहाँको डिजिटल वालेट फोनपे जोडिएको छ । विस्तारै गुगल पे र अन्य एप जोडिँदै जाने उनले बताए ।

नेपालमा फोन पेसँग अन्तरदेशीय भुक्तानीका लागि करिब १६ वटा संस्था आवद्ध भइसकेका छन् । फोन पेले यी बैंक तथा वित्तीय संस्था र वालेटलाई अन्तरदेशीय कारोबार सुविधा उपलब्ध गराउँछ । 

त्यसपछि बैंक तथा वित्तीय संस्था र वालेटले आवश्यकताअनुसार आफ्ना ‘मर्चेन्ट’लाई फोन पेको क्यूआरमा अन्तरदेशीय कारोबार सुविधा खुला गर्नसक्छन् । ती क्यूआर स्क्यान गरेर भारतका भीम एप वा फोनपे प्रयोगकर्ताले नेपालमा भुक्तानी गर्नसक्ने भएका हुन् ।

यो कारोबारमा शुल्क लगाउने, नलगाउने वा कति लगाउने भन्ने विषय सम्बन्धित बैंक वा वित्तीय संस्थाले नै तोक्न सक्छ ।

नेपालीले भारतमा तत्काल भुक्तानी गर्न नसक्ने
राष्ट्र बैंकको नीति–नियम बन्न बाँकी भएका कारण अहिले नेपालमा भुक्तानी लिनसक्ने सुविधा सुरु भएको फोन पेका सीईओ सापकोटाले बताए ।

“अहिले नेपालमा भुक्तानी गर्न सकिने भएको हो, भारतमा हैन । भारत गएर कति खर्च गर्न पाउने भन्ने ‘लिमिट’ राष्ट्र बैंकले तोकेपछि नेपालीले भारतमा भुक्तानी गर्न पाउने बाटो खुल्छ,” फोन पेका सीईओ सापकोटाले भने । यसका लागि फोन पेले आवश्यक कागजात राष्ट्र बैंकलाई बुझाइसकेको छ ।

भारतमा नेपाली नागरिकले कति रकम भुक्तानी गर्न पाउने भन्नेबारे भने राष्ट्र बैंकले तोक्नेछ । भारतीय नागरिकले भने नेपालमा कति भुक्तानी गर्न पाउने भन्ने सीमितता तोकिएको छैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro