site stats
बाह्रखरी :: Baahrakhari
कला
सौगात दर्शक भेट्दै, खलनायक प्रमोद भन्छन्– मेरो क्यारेक्टर सिनेमामा बाहुबलीजस्तै हो 

काठमाडौं । सौरभ चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’ यही शुक्रबार रिलिज हुँदै छ । रिलिज डेट नजिकिँदै जाँदा निर्माण पक्ष दर्शकसँग साक्षात्कारमा जुटेको छ । 

बुटवल पुगेका सिनेमाका मुख्य कलाकार सौगात मल्लले स्थानीय पत्रकारसँग अगत्स्य सामाजिक कथाभित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताएका थिए । उनी अहिले दर्शक भेट्न तराई क्षेत्रमा केन्द्रित छन् । 

तराईको भू–भागसँगै हरेक नेपालीले हेर्नैपर्ने कथामा चलचित्र बनेको भन्दै उनले अगत्स्यले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा भन्ने बताए । 

अगस्त्यमा खलनायकको भूमिकामा प्रमोद अग्रहरि छन् । पछिल्ला चलचित्रमा अक्सर खलनायक चरित्रमा देखिँदै आएका प्रमोद यो सिनेमामा ‘त्रिपाठी’ चरित्रमा देखिनेछन् । 

Global Ime bank

प्रमोदले ‘त्रिपाठी’ चरित्र अगस्त्यको बाहुबली जस्तै भएको बताएका छन् । “सबै कुरा उसकै (त्रिपाठी)कै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ । उसको इसाराबिना समाजको केही कुरा पनि वरको पर चल्दैन,” उनले भनेका छन्, “यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु । मैले त्यो देखेको क्यारेक्टरलाई मात्र क्यारेक्टरमा उतारेको हुँ । पहिरन र लुक्स उनीहरूबाटै लिएको हुँ ।” 

आफ्नो चरित्र दर्शकले मन पराउनेमा उनी ढुक्क छन् । 

चलचित्रमा सौगात र प्रमोदका साथै नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत कलाकारको अभिनय छ ।

चलचित्रमा निर्देशक चौधरी स्वयंले कथा लेखेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu