site stats
बाह्रखरी :: Baahrakhari
देश
‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’ 

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले आफ्नो तर्फबाट उनीहरूलाई फिर्ता ल्याउन कुनै पनि कमजोरी नहुने बताए ।

“कानुनीरूपमा गएको भए हुन्थ्यो । अवैधरूपमा गएका छन् । जसरी गएका भए पनि उनीहरूका प्रति राज्यको दायित्व छ,” परराष्ट्रमन्त्रीले भने, “आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन । इमान्दारितापूर्वक प्रयास गरिरहेको छु, गरिरहने छु ।”

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए ।

“नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,” उनले भने ।

Global Ime bank

परराष्ट्रमन्त्रीले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाकाबारे परिवारले निवेदन दिएको जानकारी दिए । उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन सम्बन्धित नागरिकका परिवारलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu