खेल
काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए । साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको उनको भनाइ छ ।
यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रविणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट ६७ करोड ६७ लाख ६६ हजार ६० रहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १६:१९
प्रतिक्रिया दिनुहोस्