site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जय ट्रफी : मधेस र वाग्मतीको बराबरी

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइटमा मधेस र वाग्मती प्रदेशबीचको खेल बराबरीमा समाप्त भएको छ । प्रतियोगिताको दोस्रो दिन जनकपुरको रामजानकी बहुउद्देश्यीय क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसबाट पाएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा वाग्मतीले २० ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाउँदा अम्पायरले खेल अन्त्य भएका घोषण गरे । यो सँगै खेलले जित र हारको नतिजा नपाउँदा बराबरीमा समाप्त भएको हो ।

जितका निम्ति आक्रामक सुरुआत गरे पनि वाग्मतीले त्यसलाई अन्तिमसम्म निरन्तरता दिन सकेन । वाग्मतीका रित गौतमले सर्वाधिक २५ रन बनाए । उनले १८ बलमा चार चौका प्रहार गरे । अर्का ओपनर आशुतोष घिरैयाले २७ बलमा चार चौकासहित १७ रन थपे ।

यी दुईले पहिलो विकेटका निम्ति ६.५ ओभरमा ४७ रनको साझेदारी गर्दै वाग्मतीलाई आक्रामक सुरुआत दिलाएका थिए । यसबाहेक, शुभ कंशाकारले २१ बलमा पाँच चौकासहित २३ रन थपे । प्रतिश जिसीले १६ रन जोडे । अरु ब्याटरबाट भने दोहोरो अंकमा रन बन्न सकेन ।

मधेशका कप्तान हरिशंकर साहले तीन विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी र रञ्जित कुमारले समान एक विकेट लिए ।

दोस्रो इनिङमा मधेसले ४३.२ ओभरमा नौ विकेट गुमाएर २११ रन बनाउँदा कप्तान हरिशंकर साहले इनिङ समाप्तिको घोषणा गरेका थिए । त्यसअघि मधेसले पहिलो इनिङमा १०२ रन बनाएको थियो । पहिलो इनिङमा वाग्मतीले भने १५० रन बनाएको थियो । दोस्रो इनिङमा मधेसका मयनले शतक बनाए ।

जारी प्रतियोगितामा शतक बनाउने पहिलो ब्याटर बनेका मयनले १०८ बलमा १२ चौका र दुई छक्कासहित १०६ रन बनाए । ओपनिङ ब्याटिङमा आएका मयन पभेलियन फर्किँदा मधेसले ३४.६ ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

मयनबाहेक, मधेसका अन्य ब्याटरले भने खुलेर खेल्न सकेनन् । मधेसका अभिषेक तिवारीले ४० बलमा उक चौका र एक छक्कासहित १९ रन बनाए । रुपेश सिंह र विशाल पटेलले समान १४ रन थप्दा कप्तान हरिशंकरले ११ रन जोडे ।

दोस्रो इनिङमा पनि वाग्मतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । सन्दीपले १७ ओभर बलिङ गर्दा एक मेडन फ्याक्दै ८८ रन खर्चिए । यसअघि पहिलो इनिङमा पनि सन्दीपले पाँच विकेट नै लिएका थिए । सूर्य तामाङले दुई विकेट लिँदा रिजन ढकाल र नन्दन यादवले समान एक विकेट हात पारे ।

अब प्रतियोगिताको दोस्रो खेलमा मधेसले बुधबार विभागीय टोली नेपाल पुलिस क्लब र वाग्मतीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro