site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफको फराकिलो जितमा रश्मीको ह्याट्रिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । फरवार्ड रश्मीकुमारी घिसिङको ह्याट्रिकप्रेरित विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा स्याङ्जाको वालिङ क्लबविरुद्ध ९–० को फराकिलो जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन रश्मीले चार गोल गरिन् । सरु लिम्बू र गीता रानाले समान दुई गोल गर्दा अनिता केसीले अर्को एक गोल थपिन् । खेलको तेस्रो मिनेटमै रश्मीको गोलमा एपीएफले अग्रता बनाएको थियो । पाँचौँ मिनेटमा गीताले एपीएफको अग्रता दोब्बर बनाइन् ।

त्यसको अर्को मिनेटमै रश्मीले नै एपीएफको अग्रतालाई ३–० मा पुर्‍याइन् । १७औँ मिनेटमा रश्मीले ह्याट्रिक गर्दा एपीएफले अग्रतालाई ४–० मा पुर्‍यायो । ३१औँ मिनेटमा सरु लिम्बूले टिमका निम्ति पाँचौँ गोल गरिन् । ३९औँ मिनेटमा सरुले नै एपीएफको अग्रतालाई ६–० मा पुर्‍याइन् ।

४२औँ मिनेटमा गीताले दोस्रो गोल गरेपछि एपीएफले पहिलो हाफमा ७–० को अग्रता बनाएको थियो । ७७औँ मिनेटमा रश्मीले एपीएफबाट चौथो गोल गरिन् । यस्तै, खेलको अन्तिम मिनेटमा अनिताले गोल गरेपछि एपीएफले ९–० को सहज जित सुनिश्चित गरेको हो । दोस्रो चरणमा दोस्रो खेल खेलिरहेको एपीएफबाट रश्मीको यो लगातार दोस्रो ह्याट्रिक हो । रश्मीले यसअघि पहिलो खेलमा सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro