site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थलको अवलोकनपछि मन्त्री पाण्डेले भने–तोकिएकै समयमा काम सम्पन्न हुन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् ।

पर्यटनमन्त्रीसहितको टोलीले सोमबार  विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’ लगायत विस्तारको काममा सन्तोषजनक प्रगति भइरहेको आयोजना प्रमुख दिपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले तोकिएकै समयमा काम सम्पन्न गर्न तीनवटा ठेक्का सम्झौता गरेर काम सुचारू भइरहेकोले बताए ।

विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै मन्त्री पाण्डेले हाल भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समय आगामी चैत १८ गते भित्रै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् ।

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro