site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कसको दबाबमा रोकियो आठ महिनादेखि रिक्त एसपीको बढुवा ?
SkywellSkywell

काठमाडौं । आठ महिनायता रिक्त हुँदै आएका नेपाल प्रहरीका उपरीक्षक (एसपी) पदमा बढुवा गर्ने तयारी सुरु भएको छ ।  साउनमा एसपीद्वय वामदेव गौतम र दानबहादुर मल्लले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि रिक्त हुने क्रम सुरु भएको थियो ।

हालसम्म एसपीको रिक्त दरबन्दी आठ पुगेको छ । गएको कात्तिक २४ मा गृहमन्त्रालयले पाँच एसपीलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गर्‍यो । बढुवा हुने एसपीहरूमा बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रवेव राई थिए । उनीहरू बढुवा भएसँगै एसपीको रिक्त दरबन्दी सात पुग्यो ।

त्यस्तै अर्का एसपी रमेश बस्नेत गत ७ माघमा एसएसपीमा बढुवा भएसँगै एसपीको रिक्त दरबन्दी आठ पुगेको हो । प्रहरी नियमावलीअनुसार, प्रहरीमा रिक्त दरबन्दी तीन महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने उल्लेख छ । तर, आठ महिनापछि मात्रै बढुवाका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक तयारी थालेको हो ।

Dabur Nepal
NIC Asia

आठ रिक्त दरबन्दीका लागि २०६१ मा प्रहरी निरीक्षकबाट सेवा थालेका १२ डीएसपीहरू मुख्य प्रतिस्पर्धामा छन् । उनीहरू ०७२ साउन १ गते इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । उनीहरूसँगै डीएसपीमा बढुवा भएकाहरू हाल एसपीमा बढुवा हुँदै जिल्ला प्रहरी प्रमुख समेत बनिसकेका छन् । त्यो ब्याचका डीएसपीहरू तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

१२ डीएसपीमध्येबाट आठ जना एसपीमा बढुवा हुनेछन् भने थप चार जना छुट्ने छन् । उनीहरूले फेरि अर्को लट कुर्नुपर्नेछ ।आठ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने तयारी गरेको हो ।

एसपीसम्म बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ । एसएसपीदेखि माथिल्ला तहका बढुवा गर्ने अधिकार गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिलाई हुन्छ ।

किन रोकियो बढुवा ?

एसपीको बढुवा लामो समय नहुनुको प्रमुख कारण रिक्त दरबन्दी कम र अस्वाभाविक प्रतिस्पर्धा भएको प्रहरी प्रधानकार्यालयका अधिकारीहरू बताउँछन् । आठ रिक्त पदका लागि मुख्य प्रतिस्पर्धामा रहेका १२ जना शक्तिकेन्द्रका नजिका डीएसपी भएका कारण बढुवा प्रक्रिया नै रोकिएको हो ।

त्यसबाहेक प्रहरी प्रधान कार्यायका अनुसार, ०७२ साउन भन्दापछि डीएसपीमा बढुवा भएका केही डीएसपीहरूले समेत बढुवाका लागि शक्ति केन्द्रमार्फत् दवाब श्रृजना गरेपछि बढुवा प्रक्रिया लथालिङ्ग भएको हो ।

प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल भने नियमित प्रक्रियाअनुसार बढुवा हुने बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro