site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बाजुरा । चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–४, बागेगाउँका ६० वर्षीय खम्म कटुवाल छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छन् । उनको जिल्ला  अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रा समेत मरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro